२०८३, आश्विन २२ गते

images

ड्युटीमा रहेका प्रहरीमाथि चक्कु प्रहारको प्रयास गर्ने युवक पक्राउ(भिडियो)

ड्युटीमा रहेका प्रहरीमाथि चक्कु प्रहारको प्रयास गर्ने युवक पक्राउ(भिडियो)

बुधवार, माघ ३० २०८११२:४५
बुधवार, माघ ३० २०८११२:४५
  • images


    काठमाडौं । कैलाली, धनगढीमा ट्राफिक चौराहामा ड्युटीमा रहेका प्रहरीमाथि चक्कु प्रहारको प्रयास भएको छ। मंगलबार राति सवा ८ बजे हातमा चक्कु लिएर 'हरहर महादेव' भन्दै सडकमा होहल्ला गर्दै हिँडिरहेका युवकले प्रहरीमाथि चक्कु प्रहार गर्न खोजेका हुन्।  

    सडकमा प्रहरीले उनलाई नियन्त्रणको प्रयास गरेको थियो। उनलाई नियन्त्रणमा लिन नसकेको भनेर स्थानीयले प्रहरीको आलोचना गरेपछि एकजना प्रहरीले ती युवकलाई पछाडिबाट लाठी प्रहार गर्छन्। लगत्तै ती प्रहरीलाई युवकले चक्कु प्रहारको प्रयाससहित लखेट्छन्। तर, केहीबेरमा प्रहरीले उनलाई पक्राउ गरेको थियो। जिल्ला प्रहरी कार्यालय, कैलालीका एसपी पदमबहादुर विष्टले ती युवकको मानसिक सन्तुलन बिग्रिएको भन्ने बुझिएको बताए।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend