२०८३, आश्विन २१ गते

images
  • प्रमुख समाचार
  • लिम्चुङबुङ गाउँपालिकाले दियो जनयुद्ध दिवसमा सार्वजनिक...

लिम्चुङबुङ गाउँपालिकाले दियो जनयुद्ध दिवसमा सार्वजनिक बिदा

लिम्चुङबुङ गाउँपालिकाले दियो जनयुद्ध दिवसमा सार्वजनिक बिदा

बुधवार, माघ ३० २०८१०४:३२
बुधवार, माघ ३० २०८१०४:३२
  • images

    काठमाडौँ । उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिएको छ । 

    पालिकाले बुधबार एक सूचना जारी गर्दै फागुन १ गते अर्थात जनयुुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिएको हो । 

    ‘नेपालको इतिहाँसको हरेक कालखण्डमा भएका सवै परिवर्तनहरु कुनै न कुनै राजनैतिक दलको नेतृृत्वमा भएका छन् । ती राजनैतिक दलसँग जनता जोडिएका छन् । ती जनताको त्याग, तपस्या, वलिदान र आन्दोलनहरुको उपज आजको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्थामा सबै संरचणाहरु अस्तित्वमा छन् । लोकतन्त्र, मानव अधिकार र अग्रगामी राज्यको लागि योगदान गर्ने महान नेपाली जनता वीर शहिदहरु प्रति सम्मान स्वरुप सदाझै संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापनाको लागि परिवर्तनको शुुभराम्भ भएको दिन फागुुन १ गते जनयुुद्ध दिवशलाई उत्सवको रुपमा मनाउन पालिका भर अत्यावश्यक सेवा बाहेकलाई सार्वजनिक बिदा दिईएको जानकारी गराउँछौँ’, पालिकाले सार्वजनिक गरेको सूचनामा भनिएको छ । 

    यसअघि जनयुुद्ध दिवसको अबसरमा गोरखाको गण्डकी गाउँपालिकाले पनि सार्वजनिक बिदा दिएको छ । कालीगण्डकी र लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष दुबै नेकपा माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधि हुन् ।

    bidha.jpg

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend