२०८३, आश्विन २१ गते

images
  • स्थानीय
  • सर्लाहीका सबै स्थानीय तह सामाजिक सुरक्षा...

सर्लाहीका सबै स्थानीय तह सामाजिक सुरक्षा कोषमा आवद्ध

सर्लाहीका सबै स्थानीय तह सामाजिक सुरक्षा कोषमा आवद्ध

सीएनएन खबर
बुधवार, माघ ३० २०८१०४:५५
सीएनएन खबर
बुधवार, माघ ३० २०८१०४:५५
  • images

    काठमाडौँ । सर्लाहीको चक्रघट्टा गाउँपालिका योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध भएको छ । 

    जिल्लामा रहेका २० पालिकामध्ये चक्रर्घटा अन्तिम पालिकाको रुपमा कोषमा आवद्ध भएको हो । यसअघि नै १९ वटा पालिका कोषमा आवद्ध भइसकेका थिए । 

    बुधबार सामाजिक सुरक्षा कोषको जनकपुर कार्यालय प्रमुख कैलाश यादव र सामाजिक सुरक्षा कोषको मिडिया आशिष्टेन्ट कामरेन्द्र वर्माको रोहबरमा चक्रघट्टा गाउँपालिकाको अध्यक्ष कृष्ण कुमार यादवबीच आवद्धको सम्झौतामा हस्ताक्षर भएको हो । 

    सो सम्झौता सँगै सर्लाहीको सबै स्थानिय तह सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन् । 

    योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा औपचारिक र अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरुको  आवद्ध हुन सक्छन । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend