२०८३, आश्विन २० गते

images
  • समाचार
  • नेपाल मौसम पूर्वानुमान : आजको...

नेपाल मौसम पूर्वानुमान : आजको मौसम र प्रभाव

नेपाल मौसम पूर्वानुमान : आजको मौसम र प्रभाव

बिहिवार, फाल्गुण १ २०८१०७:०७
बिहिवार, फाल्गुण १ २०८१०७:०७
  • images

    काठमाडौं । आजको मौसममा नेपालका विभिन्न प्रदेशहरूमा विभिन्न प्रकारका मौसम परिवर्तन देखिएका छन्। पश्चिमी वायूको आंशिक प्रभावका कारण देशका केही क्षेत्रहरूमा मौसममा बदली आएको हो।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान मध्य र पूर्वी तराईका जिल्लाहरूमा हुस्सु र कुहिरो लागेको छ, जसका कारण जनजीवन केही प्रभावित भएको छ। साथै, कोशी, गण्डकी, र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली भू(भागमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    कोशी प्रदेशस् दिउँसो हिमाली क्षेत्रमा आंशिक बदली रहने र एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। तराई क्षेत्र मुख्यतया सफा रहने सम्भावना छ। राति पनि हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ।

    मधेश प्रदेशस् तराई क्षेत्र दिउँसो र राति दुबै समयमा मुख्यतया सफा रहने सम्भावना छ।

    बागमती प्रदेशस् हिमाली र पहाडी क्षेत्रमा मौसम सफा रहने सम्भावना छ। तराई क्षेत्र साधारणतया बदली रहने सम्भावना रहेको छ।

    गण्डकी प्रदेशस् दिउँसो हिमाली क्षेत्रमा आंशिक बदली र हल्का हिमपातको सम्भावना छ। पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ। तराई क्षेत्र सफा रहने सम्भावना छ।

    लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई क्षेत्रहरूमा मौसम मुख्यतया सफा रहने सम्भावना छ।

     

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend