२०८३, आश्विन २१ गते

images
  • स्थानीय
  • आज जनयुद्ध दिवस, माओवादीले जितेका १६...

आज जनयुद्ध दिवस, माओवादीले जितेका १६ स्थानीय तहले दिए सार्वजनिक बिदा

आज जनयुद्ध दिवस, माओवादीले जितेका १६ स्थानीय तहले दिए सार्वजनिक बिदा

बिहिवार, फाल्गुण १ २०८१०७:३७
बिहिवार, फाल्गुण १ २०८१०७:३७
  • images

    काठमाडौँ । नेकपा माओवादी केन्द्रले जनप्रतिनिधिले जितेका अधिकांश स्थानीय तहले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिएका छन् । 

    हालसम्म जानकारीमा भएअनुसार देशका १६ स्थानीय तहले फागुन १ गते अर्थात आज जनयुद्ध दिवसको अबसरमा सार्वजनिक बिदा दिएका हुन् । जसमा कोशी प्रदेशका ७ वटा स्थानी तहलेसार्वजनिक बिदा दिएका छन् । ‘जनयुद्ध दिवस’ को अवसरमा ती पालिकाहरूले बिदा दिने निर्णय गरेका हुन् । 

    आज सार्वजनिक बिदा दिनेहरुमा रोल्पाको सुनछहरी गाउँपालिका, गोरखाको गण्डकी गाउँपालिका, बाँफिकोट गाउँपालिका, बाग्लुङको ताराखोला गाउँपालिका, रोल्पाको माडी गाउँपालिका, पाँचथरको मिक्लाजुङ गाउँपालिका, उदयपुरको लिम्चिङबुङ गाउँपालिका, खोटाङका खोटेहाङ र जन्तेढुङ्गा गाउँपालिकाले सार्वजनिक बिदा दिने सूचना जारी गरेका छन् । 

    यस्तै, ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका, भोजपुरको रामप्रसाद राई गाउँपालिका र सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाले पनि सार्वजनिक सूचना निकालेर बिदा दिएको घोषणा गरेका हुन् । यस्तैगरी जनयुद्ध दिवसका लागि नुवाकोटका ४ पालिकाले सार्वजनिक बिदा दिएका छन्् । जसमा बेलकोटगढी नगरपालिका, ककनी गाउँपालिका, पञ्चकन्या गाउँपालिका र दुप्चेश्वर गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ ।

    कोशी प्रदेशमा नेकपा माओवादी केन्द्रले उपनिर्वाचन समेत गरेर १३ वटा पालिका जितेको थियो । कार्यपालिकामा बहुमत पुग्ने पालिकाले बिदा दिएको माओवादी केन्द्र कोशी प्रदेशका अध्यक्ष हर्क नेम्वाङ (मिक्सो)ले जानकारी दिए । 

    पछिल्लो समय माओवादी केन्द्रले फागुन १ गते मनाउने जनयुद्ध दिवस विवादमा परेको छ । सर्वोच्च अदालतले १ फागुनमा जनयुद्ध दिवस मनाउने सरकारको निर्णय बदर गरिसकेको छ । तथापि, माओवादीले जितेका स्थानीय तहले भने सार्वजनिक बिदा दिने गरेका छन् । 

    २०५२ साल फागुन १ गतेदेखि तत्कालीन माओवादीले सशस्त्र संघर्ष थालेको थियो । त्यही दिनको सम्झनामा माओवादीले भने ‘जनयुद्ध दिवस’ मनाउने गर्छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend