२०८३, आश्विन २१ गते

images

संघीय निजामति सेवा तहगत संरचनामा रहने

संघीय निजामति सेवा तहगत संरचनामा रहने

बिहिवार, फाल्गुण १ २०८१०५:००
बिहिवार, फाल्गुण १ २०८१०५:००
  • images

    काठमाडौँ । प्रतिनिधिसभाअतर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले संघीय निजामति सेवा तहगत संरचनामा रहने सहमति गरेको छ।

    बिहीबार सिंहदरबारमा बसेको समिति बैठकले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवा शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको दफाबार छलफलका क्रममा उक्त सहमति गरेको हो। 

    हाल निजामती सेवा श्रेणीगत संरचनामा रहेकोमा संघीय निजामति विधेयकको दफा ६ मा निजामती सेवा चौधौँ तहसम्म रहने गरी व्यवस्था गरिएको छ। 

    कार्य विवरण र कार्यसम्पादन सम्झौता तथा सुपरीवेक्षणका विषयमा विधेयकमा आएको प्रस्ताव  र छलफलमा सांसदहरूबाट आएका धारणाका आधारमा परिमार्जनसहित निर्णयमा पुग्ने निर्णय गरिएको समिति सभापति रामहरी खतिवडाले बताए। 

    संघीय निजामति विधेयकलाई संसद्को यही अधिवेशनभित्र पास गर्नेगरी समितिले दफाबार छलफल चलाएको छ।  

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend