२०८३, आश्विन २१ गते

images
  • समाचार
  • क्यानले माग्यो ७ औँ तहमा कर्मचारी,...

क्यानले माग्यो ७ औँ तहमा कर्मचारी, यसरी दिनुस् आवेदन

क्यानले माग्यो ७ औँ तहमा कर्मचारी, यसरी दिनुस् आवेदन

शुक्रवार, फाल्गुण २ २०८१०७:४१
शुक्रवार, फाल्गुण २ २०८१०७:४१
  • images

    काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले सातौँ तहमा कर्मचारी माग गरेको छ । 

    प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै सातौँ तहमा करारमा नियुक्ति गर्ने गरी प्राविधिक, समूहः एट्रास, तहः सातौँ, पद ः वरिष्ठ अधिकृतमा २५ जना कर्मचारी माग गरेको हो ।

    स्थायी पदपूर्ति भएमा स्वतः हट्ने गरी नेपाल नागरिक उड्डयन प्राधिकरण कर्मचारीहरूको सेवाका सर्त र सुविधा सम्बन्धी नियमावली, २०५६ को नियम ४. ११ बमोजिम बढीमा एक वर्षका लागि करार सेवामा नियुक्ति गरिने प्राधिकरणले जनाएको छ । 

    योग्यता पुगेका नेपाली नागरिकहरूले सूचना प्रकाशित मितिले २१ दिनभित्र दरखास्त फाराम भर्न सूचनामा उल्लेख गरिएको छ ।

    इच्छुक आवेदकले अनलाईन मार्फत दरखास्त दिन सक्नेछन् । २१ वर्षदेखि ३५ वर्ष ननाघेका आवेदकले आवेदन दिन मिल्नेछ भने परीक्षा शूल्य १२ सय रुपैयाँ तोकिएको छ । 

    caan notive.jpg

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend