काठमाडौँ । सरकारले एकै पटक ७५ जना सरकारी कर्मचारीको सरुवा गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले फागुन १ गते एक निर्णय गर्दै ५० जना उपसचिव र २५ जना अधिकृत गरी ७५ जना कर्मचारीको सरुवा गरेको हो ।
५० जना उपसचिवमध्ये ९ जनालाई स्थानीय तह र २५ जना अधिकृतमध्ये ४ जनालाई स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको जिम्मा दिएको छ ।
बाँकी रहेका कर्मचारीहरुलाई अन्य निकायमा सरुवा तथा पदस्थापना गरिएको मन्त्रालयले जनाएको छ ।


