२०८३, आश्विन २१ गते

images
  • स्थानीय
  • एकैपटक ७१ जना उपसचिवको सरुवा, कहाँ...

एकैपटक ७१ जना उपसचिवको सरुवा, कहाँ कसले पाए जिम्मेवारी ?

एकैपटक ७१ जना उपसचिवको सरुवा, कहाँ कसले पाए जिम्मेवारी ?

सोमवार, फाल्गुण ५ २०८१०९:२०
सोमवार, फाल्गुण ५ २०८१०९:२०
  • images

    काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकैपटक ७१ जना उपसचिवहरूको सरुवा तथा पदस्थापन गरेको छ। मन्त्रालयले आइतबार विभिन्न निकायमा कार्यरतसहित ३९ जना नवनियुक्त उपसचिवहरूलाई सरुवा तथा पदस्थापन गरेको हो।

    मन्त्रालयले नवनियुक्त ३९ जना उपसचिवहरूलाई स्थानीय तहमा पठाएको छ भने थप ३२ जना उपसचिवहरूको सरुवा गरेको हो।

    पछिल्लो समय अधिकतर उपसचिवहरू सिंहदरबार रोज्ने प्रवृत्तिका कारण धेरै स्थानीय तहहरू प्रमुख प्रशासकीय अधिकृत रिक्त रहँदै आएका छन् । ती रिक्त रहेका स्थानीय तहमा निमित्त प्रमुखकै भरमा सञ्चालन हुने परिपाटी सिर्जना हुदैं आएको छ। तर, यस पटक मन्त्रालयले स्थानीय तहहरूलाई पूर्णता दिने र प्रशासनिक व्यवस्थापनलाई सबल बनाउने लक्ष्यसहित पदस्थापन गरेको दाबी छ।

    केही दिन अघि मन्त्रालयले १६ प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीसमेत खोसेको थियो ।

    उपसचिवहरूको स्थानीय तहमा पदस्थापन गर्दा भौतिक तथा प्रशासनिक सुविधा अभाव, कार्यभारको भार र स्रोत/साधनको अभावले उपसचिवहरूको लामो समयसम्म टिक्न गाह्रो हुने स्थिति आएको छ। फलस्वरूप, स्थानीय तहहरू पुनः रिक्त हुन सक्छन्।

    स्थानीय तहमा स्थायित्व कायम राख्नका लागि त्यहाँको भौतिक र प्रशासनिक पूर्वाधार सुधार गर्नुपर्छ। साथै, उपसचिवहरूलाई आवश्यक सुविधा तथा प्रोत्साहन प्रदान गरेर उनीहरूको मनोबल बढाउनु जरुरी छ। यसले मात्र सरुवाको दीर्घकालीन प्रभाव देखाउन सक्छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend