२०८३, आश्विन २१ गते

images
  • अटो
  • नेपाल भित्रियो जेसीबीको सिरिज एनएक्सटी एक्स्काभेटर,...

नेपाल भित्रियो जेसीबीको सिरिज एनएक्सटी एक्स्काभेटर, के छन् विशेषता ?

नेपाल भित्रियो जेसीबीको सिरिज एनएक्सटी एक्स्काभेटर, के छन् विशेषता ?

सीएनएन खबर
सोमवार, फाल्गुण ५ २०८१०८:३३
सीएनएन खबर
सोमवार, फाल्गुण ५ २०८१०८:३३
  • images

    काठमाडौँ । जेसीबीले नेपालमा नयाँ एनएक्सटी सिरिज एक्स्काभेटर सार्वजनिक गरेको छ । एमएडब्ल्यू अर्थमुभर्स (जेसीबीको नेपालका लागि आधिकारिक डिलर) ले जेसीबी एनएक्सटी २२१ एलसी फ्युल मास्टर र जेसीबी एनएक्सटी २२५ एलसीएम ट्र्याक्ड एक्स्काभेटर गरी २ भेरियन्ट नेपाली बजारमा भित्र्याएको हो ।

    यी दुवै एक्स्काभेटरहरू उच्च इन्धन दक्षता र कम मर्मत खर्चलाई ध्यानमा राखी डिजाइन गरिएका छन् । 

    जेसीबी एनएक्सटी २२१ एलसी फ्युल मास्टर

    यस मेसिनले १४ प्रतिशत इन्धन खपत घटाउने र ५ प्रतिशत बढी उत्पादकत्व दिने क्षमता राख्छ । यसमा स्वचालित इन्जिन आइडल स्टप फिचर छ, जसले अनावश्यक इन्धन खपत हुनबाट जोगाउँछ ।

    जेसीबी एनएक्सटी २२५ एलसीएम ट्र्याक्ड एक्स्काभेटर

    आफ्नो श्रेणीमा सबैभन्दा बढी इन्धन दक्ष र उत्पादक एक्स्काभेटरमध्ये एक हो । यसको इन्लाइन एफआईपी इन्जिन प्रणालीले मर्मत सजिलो बनाउँछ र सञ्चालन खर्च घटाउँछ ।

    अघिल्लो मोडेलको तुलनामा ५ प्रतिशत बढी इन्धन दक्ष र ६ प्रतिशत बढी उत्पादक रहेको छ । यसमा १० हजार घण्टा वा ५ वर्षको वारेन्टी प्रदान गरिएको छ ।

    यी एक्स्काभेटरहरूको उच्च इन्धन दक्षता जेसीबीको अत्याधुनिक इन्टेलीफ्लो हाइड्रोलिक्स प्रविधिबाट सम्भव भएको हो ।

    साथै इन्धन खपतको वास्तविक–समय डेटा मेसिनको अनबोर्ड स्क्रिन वा जेसीबीको लाइभलिन्क रिमोट मनिटरिङ प्रणालीमार्फत उपलब्ध हुने जनाइएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend