२०८३, आश्विन २२ गते

images

रवि लामिछाने काठमाडौं अदालत उपस्थित

रवि लामिछाने काठमाडौं अदालत उपस्थित

मंगलवार, फाल्गुण ६ २०८१०२:३४
मंगलवार, फाल्गुण ६ २०८१०२:३४
  • images

    काठमाडौं । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् । स्वर्णलक्ष्मी सहकारीको विचाराधीन मुद्दामा लामिछाने पहिलो तारिखका लागि हाजिर भएका हुन्।

    स्वर्णलक्ष्मी सहकारीका साढे ५ हजार बचतकर्ताको १ अर्ब १९ करोड संगठित रुपमा ठगी गरेको अभियोगमा लामिछानेसहित ३९ विरुद्ध मुद्दा दायर भएको थियो । यसअघि माघ २ गते काठमाडौं जिल्ला अदालतले लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend