२०८३, आश्विन २२ गते

images
  • प्रमुख समाचार
  • गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको शौचालयबाट बेवारिसे सुन...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको शौचालयबाट बेवारिसे सुन बरामद

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको शौचालयबाट बेवारिसे सुन बरामद

बुधवार, फाल्गुण ७ २०८१०३:५४
बुधवार, फाल्गुण ७ २०८१०३:५४
  • images

    काठमाडौँ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट एक सय २५ ग्राम सुन बरामद भएको छ । मंगलबार दिउँसो विमानस्थलको आगमन टर्मिनल भवनको प्रवेशद्वार नजिकै महिला शौचालयबाट वेवारिसे अवस्थामा सुन बरामद भएको प्रहरीले जनाएको छ ।

    लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका एसएसपी जर्नादन जिसीका अनुसार रियाज अहमदको नाममा जारी भएको गोल्डेन स्टोन न्यू ज्वेलरीको दुई वटा २५ ग्राम र एक सय ग्रामको बिलसहित सुनजस्तो देखिने पहेलो रंगको धातुले बनेको दुई थान सिक्री बरामद भएको हो ।

    बरामद सिक्री गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा पठाइएको उनले बताए । यसअघि भैरहव विमानस्थलमा कार्यरत प्रहरी नै सुनसहित पक्राउ परेका थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend