२०८३, आश्विन २२ गते

images

पोखरा बेलुन घटनाः बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा छुटे

पोखरा बेलुन घटनाः बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा छुटे

शुक्रवार, फाल्गुण ९ २०८१०१:१८
शुक्रवार, फाल्गुण ९ २०८१०१:१८
  • images

    काठमाडौं । पोखरा भ्रमण वर्ष २०२५ को घोषणा समारोहमा पड्किएको बेलुन बेच्ने कमलेश कुमार हाजिरी जमानीमा छुटेका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीले हाजिरीमा छोड्न आदेश दिएको हो । 

    आइतबार प्रहरीले नियन्त्रणमा लिई उनलाई अभद्र व्यवहारसम्बन्धी कसुरमा म्याद थप गरी हिरासतमा राखेको थियो । उनलाई हाजिरी जमानीमा छाडिएको कास्की प्रहरीले जनाएको छ । 

    पोखरा भ्रमण वर्षको कार्यक्रम उद्घाटनका क्रममा शनिबार बेलुनको झुप्पा पड्किँदा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य जलेर घाइते भएका थिए ।

    मेयर आचार्यको गालाको धेरै भाग र देब्रे हातमा गहिरो जलन भएको थियो भने मन्त्री पौडेलको दुवै हात र अनुहारमा जलन भएको थियो । उनीहरूलाई पोखरामै प्रारम्भिक उपचार गरेर सोही दिन हेलिकोप्टरबाट काठमाडौंस्थित कीर्तिपुर अस्पताल लगिएको थियो । दुवै डिस्चार्ज भइसकेका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend