२०८३, आश्विन २२ गते

images

स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक

स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक

शुक्रवार, फाल्गुण ९ २०८१०७:४२
शुक्रवार, फाल्गुण ९ २०८१०७:४२
  • images

    काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यतालिका सार्वजनिक भएको छ। त्रिभुवन विश्वविद्यालय (टियु)ले चैत ५ गते निर्वाचन गर्नेगरी कार्यतालिका सार्वजनिक गरेको हो।

    कार्यतालिका अनुसार टियुले फागुन १९ गतेदेखि निर्वाचन प्रक्रिया थाल्ने भएको छ। फागुन १९ गते संघ/संगठनको दर्ता, २१ गते मतदाता सूची प्रकाशन गर्ने, २५ गते मतदाता सूचीउपर दाबी विरोध गर्ने, २५ गते ५ बजे मतदाता सूचीको अन्तिम नामावली प्रकाशन गर्ने टियुले जनाएको छ।

    त्यस्तै फागुन २६ गते ११ बजेदेखि २ बजेसम्म मनोनय पत्र वितरण, २७ गते ११ देखि २ बजेसम्म मनोनयन पत्र नामावली दाखिला गर्ने र ५ बजे उम्मेदवारको नामावली प्रकाशन गर्ने, २८ गते उम्मेदवारविरुद्ध दाबी विरोध र छानबिन गरी अन्तिम नामावली प्रकाशन गर्ने, २९ गते उम्मेदवारी फिर्ता लिने समय र २९ गते अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ।

    sobidu.jpg
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend