काठमाडौँ । ललितपुर महानगरपालिकाले आफनै वडा कार्यालय भवनमा डोजर चलाएको छ ।
नगरप्रहरीको टोलीले मेयर चिरिबाबु महर्जनको उपस्थितिमा लगनखेल स्थित ५ नं. वडा कार्यालय भवनसँगै लगनखेल चोक सम्मको भवनहरु भत्काइएको हो ।
महानगरको टोलिले ऐहासिक सम्पदा न्हु पोखरी संरक्षण र विस्तारका लागि घरटहरामा डोजर चलाउनु परेको जनाएको छ ।

