२०८३, आश्विन २१ गते

images
  • स्थानीय
  • मेयरका छोराले प्रशासकीय अधिकृत कुटे, कर्मचारीले...

मेयरका छोराले प्रशासकीय अधिकृत कुटे, कर्मचारीले लगाए पालिका प्रवेशमा रोक

मेयरका छोराले प्रशासकीय अधिकृत कुटे, कर्मचारीले लगाए पालिका प्रवेशमा रोक

सोमवार, फाल्गुण १२ २०८१०१:५१
सोमवार, फाल्गुण १२ २०८१०१:५१
  • images

    काठमाडौँ । धनुषाको विदेह नगरपालिकाको मेयर र प्रमुख प्रशासकीय अधिकृतको झगडाले ठूलो रुप लिएको छ । मेयरलाइ बीना जानकारी कर्मचारीलाई हाजिरि गराएको भन्दै मेयर बेचन दासका छोरा रामभजन दासले प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्रकुमार साहलाई हातपात गरेका थिए । 

    हातपाट बाट सुरुभएको झगडा कार्यालय प्रवेशमा रोकको अवस्थामा पुगेको छ । 

    उच्च अदालत जनकपुरले कामकाजमा अवरोध नगर्न आदेश दिएपछि आइतबार उनी कार्यालय पुगेका थिए । तर विरोधका कारण उनी प्रवेश गर्न सकेनन् ।

    सयौँको संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षामा कार्यालय पुगेका साहलाई नगरपालिकाका कर्मचारीहरूले मूल ढोकामै अवरोध गर्दै नाराबाजी गरे। तीव्र विरोधपछि उनले कार्यालय प्रवेश नगरी फर्किनुप¥यो ।

    गत माघ २७ मा निम्न माध्यमिक तहकी शिक्षिका पवन कुमारीलाई नगरपालिकामा हाजिर गराएपछि नगर प्रमुख बेचन दासका छोरा रामभजनले ‘बुबालाई जानकारी नगराई हाजिर गराएको’ भन्दै अधिकृत साहलाई कार्यकक्षमै कुटपिट गरेका थिए ।

    भोलिपल्ट अधिकृत साहले मेयरसँग छोराको व्यवहारबारे गुनासो गरेपनि उल्टै मेयरले धम्की दिएपछि साह उच्च अदालत जनकपुर पुगेका थिए ।

    अदालतले फागुन १३ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । छलफल नभएसम्म साहलाई कार्यालयमा निर्बाध रूपमा काम गर्न दिन आदेश दिइएको  छ ।

    नगर प्रमुख दाससँगको विवाद बढेपछि अधिकृत साहले ८३ जना करार र दैनिक ज्यालादारी कर्मचारीलाई हटाएका थिए । साथै, केही स्थायी कर्मचारीको ग्रेड रोक्का गर्ने निर्णय गरेका थिए ।

    यिनै हटाइएका कर्मचारीहरूले आइतबार कार्यालय प्रवेशमा अवरोध गरेका हुन् । उनलाई सुरक्षाकर्मीको साथमा कार्यालय प्रवेश गराउन प्रयास गरिए पनि मुख्य ढोकामै विरोध जारी रहेकाले उनी फर्किन बाध्य भए ।

    प्रवेश नपाएपछि साहले भने, ‘अदालतको आदेशपछि सिडिओ साहेबले सुरक्षा दिनुभयो, तर झोले कर्मचारीहरू आन्दोलन गरिरहेका छन् । जबरजस्ती नगरी नगरपालिकाको पवित्र माटोलाई ढोगेर टीका लगाइ फर्किएँ ।’

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend