२०८३, आश्विन २२ गते

images

६० प्रतिशत सकियो काठमाडौं एयरपोर्टको स्तरोन्नति

६० प्रतिशत सकियो काठमाडौं एयरपोर्टको स्तरोन्नति

मंगलवार, फाल्गुण १३ २०८१०२:५३
मंगलवार, फाल्गुण १३ २०८१०२:५३
  • images

    काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिको भौतिक प्रगति ६० प्रतिशत पूरा भएको जनाएको छ । कात्तिक २३ देखि माघ १८ सम्म १० घन्टा विमानस्थल बन्द गरी सुरु गरिएको स्तरोन्नतिको काम सोमबारसम्म ६० प्रतिशत पूरा भएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताएका हुन् ।

    यसअघि धावनमार्गको ७५ मिटर वरपरको काम सकिएसँगै माघ १९ देखि थप २ घन्टा उडान समय थपेर विमानस्थल चलाउन थालिएकोमा अब फागुन २० देखि थप एक घन्टा समय बढाइने छ ।

    हाल स्तरोन्नतिका लागि विमानस्थल बेलुका ११ देखि बिहान ७ बजेसम्म पूर्ण रूपमा बन्द हुँदै आएको छ।

    विमानस्थल धावनमार्गका दुवै बिन्दुतर्फका समानान्तर ट्याक्सी वे, धावनमार्ग जोड्ने लिंक वे तथा जहाज पार्किङ एरियालाई एप्रोनसँग जोड्ने बाटो र ह्यांगर क्षेत्रतर्फ भइरहेको विस्तार सकिएसँगै यस विमनस्थलबाट वार्षिक १ करोड यात्रुले सेवा लिन छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend