२०८३, आश्विन २१ गते

images
  • स्थानीय
  • १३ जना प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी...

१३ जना प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी हेरफेर, को को परे ?

१३ जना प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी हेरफेर, को को परे ?

बुधवार, फाल्गुण १४ २०८१११:११
बुधवार, फाल्गुण १४ २०८१११:११
  • images

    काठमाडौँ । सरकारले विभिन्न स्थानीय तहमा कार्यरत १३ जना प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी हेरफेर गरेको छ । 

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ११ जना प्रमुख प्रशासकीय अधिकृतहरुको सरुवा र जिम्मेवारी हेरफेर गरेको छ भने  २ जना शाखा अधिकृतको भने सरुवा गरेको हो ।

    मन्त्रालयले सोमबार गरेको निर्णय अनुसार सिरहाको विष्णुपुर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सावान कुमार चौधरीलाई पठाएको छ । उनी हाल मन्त्रालयको अतिरिक्त समूहमा कार्यरत थिए । 

    विष्णुपुर गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत चन्द्र नारायण चौधरीलाई भने सिरहाको भगवानपुर गाउँपालिकामा सरुवा गरिएको छ । 

    माधवनारायण नगरपालिकामा कार्यरत श्रीदेव यादवलाई सिरहाको कल्याणपुर नगरपालिकामा सरुवा गरिएको छ भने कल्याणपुर प्रमुख प्रशासकीय अधिकृत राजकुमार दासलाई गृह मन्त्रालय अन्तरगतका निकायमा सरुवा गरिएको छ । 

    शाखा अधिकृत धनन्जय प्रसाद दास गढीमाइ नगरपालिका रौतहटबाट कटहरिया नगरपालिका रौतहटमा सरुवा भएका छन् भने सिम्ता गाउँपालिका सुर्खेतका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कुमार चन्द गृह मन्त्रालय अन्तरगतका निकायमा सरुवा भएका छन् । 

    saruwa.JPG

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend