२०८३, आश्विन २२ गते

images

तीनकुनेमा टिपरले मोटरसाइकललाई ठक्कर दियो, २२ वर्षीया युवतीको मृत्यु

तीनकुनेमा टिपरले मोटरसाइकललाई ठक्कर दियो, २२ वर्षीया युवतीको मृत्यु

बिहिवार, फाल्गुण १५ २०८१०१:००
बिहिवार, फाल्गुण १५ २०८१०१:००
  • images

    काठमाडौं । काठमाडौं तीनकुनेमा गएराति मोटरसाइकल दुर्घटना हुँदा २२ वर्षीया युवतीको मृत्यु भएको छ। काठमाडौं महानगरपालिका-३२ तीनकुने नजिकै गएराति प्र.३-०३-००१ प ९७३६ नम्बरको मोटरसाइकललाई टिपरले ठक्कर दिँदा दुर्घटना भएको हो।
    दुर्घटनामा मोटरसाइकलको पछाडि सवार ललितपुर लेले घर भएकी २२ वर्षीया रीता नेवारको मृत्यु भएको प्रहरीले जनाएको छ।  दुर्घटनामा गम्भीर घाइते भएकी उनको केएमसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। 

    उक्त मोटरसाइकललाई बा.०३-००१ क ११७५ नम्बरको टिपरले ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। टिपरले ठक्कर दिएपछि मोटरसाइकल बा.५ ख १५४६ नम्बरको बसमा ठोकिँदा उनको मृत्यु भएको हो। 

    दुर्घटनापछि तीनवटै सवारी साधनका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend