२०८३, आश्विन २० गते

images

प्रधानसेनापतिद्वारा दज्र्यानी चिह्न प्रदान

प्रधानसेनापतिद्वारा दज्र्यानी चिह्न प्रदान

सीएनएन खबर
सोमवार, फाल्गुण १९ २०८१०६:३२
सीएनएन खबर
सोमवार, फाल्गुण १९ २०८१०६:३२
  • images

    काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनाको उपरथीमा हालै पदोन्नति भएका  कृष्णबहादुर जिसीलाई दज्र्यानी चिह्न प्रदान गरेका छन् । 
     
    सैनिक मुख्यालय जङ्गीअड्डामा आज आयोजित कार्यक्रममा उनलाई उपरथी दर्जाको दज्र्यानी प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

    सरकारले उनलाई यही फागुन १२ गते उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो । पदोन्नतिसँगै उपरथी जिसीलाई मध्य पूर्वी पृतनाको पृतनापतिमा नियुक्त भएका छन् ।
     
    सोही अवसरमा महासेनानीमा पदोन्नति भएका प्राविधिक प्रमुख सेनानी डा कुन्दविक्रम शाहलाई पनि दर्जाको दज्र्यानी चिह्न प्रदान गरिएको सेनाले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend