२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • कुलमान घिसिङबारे जानकारी गराउन सभामुखले दिए...

कुलमान घिसिङबारे जानकारी गराउन सभामुखले दिए सरकारलाई रुलिङ

कुलमान घिसिङबारे जानकारी गराउन सभामुखले दिए सरकारलाई रुलिङ

बुधवार, फाल्गुण २१ २०८१०१:५०
बुधवार, फाल्गुण २१ २०८१०१:५०
  • images

    काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कारबाहीबारे जानकारी गराउन संसद् बैठकबाट रुलिङ गरेका छन्। 

    बुधबार बसेको बैठकमा विपक्षी दलले गरेको मागअनुसार सभामुख घिमिरेले यस्तो निर्देशन दिएका हुन्। 


    ‘आजको बैठकमा सबै प्रतिपक्षीले राखेको विषय, अन्य माननीयहरूले शून्य, विशेष समय र आकस्मिक समयमा राख्नु भएको विषयमा ‍२०७९ नियम १५ उपनियम २ बमोजिम सम्बन्धित मन्त्रीहरूको ध्यानाकर्षण गराउँछु। साथै सभालाई जानकारी गराउन निर्देश गराउँछु’ सभामुखले भने। 

    संसद् बैठकको आकस्मिक समयमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाही र रास्वपाका सांसद मनीष झाले यसबारे सरकारको जवाफ माग गर्दै रुलिङ गर्न सभामुखको ध्यानाकर्षण गराएका थिए।  

    संसदमा उठ्यो कुलमान घिसिङको कार्यसम्पादन मूल्यांकनको विषय संसदमा उठ्यो कुलमान घिसिङको कार्यसम्पादन मूल्यांकनको विषय

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend