२०८३, आश्विन २१ गते

images
  • स्थानीय
  • लागुऔषध कारोबारमा दोषी ठहर भए गाउँपालिका...

लागुऔषध कारोबारमा दोषी ठहर भए गाउँपालिका अध्यक्ष

लागुऔषध कारोबारमा दोषी ठहर भए गाउँपालिका अध्यक्ष

बुधवार, फाल्गुण २१ २०८१०२:५९
बुधवार, फाल्गुण २१ २०८१०२:५९
  • images


    काठमाडौँ । नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता (दीपक) लागुऔषध कारोबारमा दोषी ठहर भएका छन्। जिल्ला अदालत नवलपरासीका न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले मंगलबार गरेको फैसलाले अध्यक्ष गुप्तासहित दुई जनालाई लागुऔषधमा कसुर ठहर गरेको हो। 

    कसुर ठहर हुने अर्कामा रघुनाथ प्रसाद धोबी छन्। अभियोग ठहर भएका धोबी  गाउँपालिकाका नगर प्रहरी थिए। उनी सोही अभियोगमा २०७९ असोज २६ गतेदेखि पुर्पक्षका लागि थुनामै छन्। 

    अन्य दुई जनालाई अभियोगबाट सफाई दिइएको छ। सफाई पाउनेमा रामा गुप्ता भन्ने रामा साह र जीतेन्द्र पासवान छन्। उनीहरू भारतीय नागरिक हुन्। अभियोग लागेका पाल्हीनन्दन गाउँपालिका-३ का मन्टु भनिने विवेक प्रसाद पाण्डे अझै फरार छन्। 

    अध्यक्षसहित धोबीलाई कसुर ठहर गरे पनि सजाय निर्धारणका लागि भने पेशी तोकिएको छ। आउँदो फागुन २९ गते सजाय निर्धारणको फैसला हुने अदालतका शाखा अधिकृत सूचना अधिकारी भेषराज खनालले जानकारी दिए। 

    लागुऔषध अभियोगमा २ वर्षदेखि १० वर्षसम्म कैद र १ लाखदेखि २० लाख रुपैयाँसम्म जरिबाना हुने भन्दै सजाय ठहर फैसलामा भनिएको छ, ‘प्रतिवादी बैजुप्रसाद गुप्ता (अध्यक्ष) लाई अपराध गरेबापत हुने सजायको आधा सजाय हुने हुँदा सजाय निर्धारणका लागि फागुन २९ मा पेशी तोक्नु।’ आदेशअनुसार अध्यक्ष गुप्ताले लागुऔषध मुद्दाको कसुरबापत हुनेमध्ये आधा सजाय पाउने शाखा अधिकृत खनालले जानकारी दिए। 

    घटनापश्चात रघु, रामा र जीतेन्द्रलाई प्रहरीले पक्राउ गरेको थियो। साह र पासवान सर्वोच्चबाट धरौटीमा यसअघि रिहा भइसकेका छन्। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend