२०८३, आश्विन २२ गते

images

कसरी आउँदैछन् पोखराबाट पूर्वराजा काठमाडौँमा ?

कसरी आउँदैछन् पोखराबाट पूर्वराजा काठमाडौँमा ?

आइतवार, फाल्गुण २५ २०८१०१:३०
आइतवार, फाल्गुण २५ २०८१०१:३०
  • images

    काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह आज पोखराबाट काठमाडौं फर्किँदै छन् । उनी साढे २ बजे काठमाडौं ओर्लने बताइएको छ ।

    उनी समिट एअरको विमान चार्टर्ड गरेर काठमाडौं आउन लागेका हुन् । उनी पोखराको पुरानो विमानस्थल हुँदै काठमाडौं उत्रिन लागेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी जसोदा रेग्मीले जानकारी दिइन। उनी भैरहवाबाट पोखरा पनि सोही विमान चार्टर्ड गरेर गएका थिए।

    पूर्वराजा शाह दिउँसो साढे २ बजे काठमाडौं आउने तय भएको छ। उनलाई स्वागत गर्न राजावादीहरू जाने भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्था कडा पारिएको छ।उनलाई राजावादीहरू विमानस्थलमा भव्य स्वागतको तयारी गरेका छन् ।

    जसले गर्दा काठमाडौंको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

    पूर्वराजा पोखराबाट काठमाडौं आउँदैः राजावादीले शक्ति प्रदर्शन गर्ने, सुरक्षाकर्मीको ‘हाईअलर्ट’ पूर्वराजा पोखराबाट काठमाडौं आउँदैः राजावादीले शक्ति प्रदर्शन गर्ने, सुरक्षाकर्मीको ‘हाईअलर्ट’

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend