काठमाडौं । नेपालका लागि क्याटरपिलर हेभी इक्विपमेन्टको आधिकारिक बिक्रेता बतास ट्रयाक्टर्स प्रा. लिले फाल्गुण २३ गते काठमाडौंको याक एण्ड यति होटलमा हाइड्रोपावर सेगमेन्टका ग्राहकहरूका लागि विशेष सम्मेलनको आयोजना गरेको थियो । कार्यक्रममा हाइड्रोपावर उद्योगका ५० भन्दा बढी प्रतिष्ठित ग्राहकहरूको उपस्थिति रहेको थियो ।
सम्मेलनमा क्याटरपिलर मेशिनरीको दक्षता, नवीनता, र हाइड्रो परियोजनामा यसको प्रभावकारीताका बारेमा प्रस्तुति दिइयो । साथै, हालै क्याटरपिलर मेशिनरी खरिद गर्ने कम्पनीहरूलाई चाबी हस्तान्तरण समेत गरेको थियो ।
कार्यक्रममा गेनवेल कमोशेल्स ईण्डियाका प्रमुख दीपक जोलीले ग्राहकहरूको विश्वासप्रति आभार व्यक्त गर्दै क्याटरपिलर मेशिनरी हाइड्रोपावर क्षेत्रको विकासमा महत्वपूर्ण रहेको उल्लेख गरे ।
साथै, क्याटरपिलरले २४ घण्टा सेवा, स्पेयर पाट्र्स समर्थन तथा दुर्गम क्षेत्रमा समेत मेसिनरी आपूर्ति सहज बनाउन उन्नत प्रविधि प्रयोग गरिरहेको बताइयो। बतास ट्रयाक्टर्सका कार्यकारी निर्देशक दिपेन्द्र मल्लले हाइड्रोपावर प्रविधिमा नवीनतम प्रगतिहरू प्रस्तुत गर्दै ग्राहकहरूसँगको सम्बन्धलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरे ।

