२०८३, आश्विन २१ गते

images
  • समाचार
  • काठमाडौँमा विरोधका गतिविधि बढ्न थालेपछि प्रशासनले...

काठमाडौँमा विरोधका गतिविधि बढ्न थालेपछि प्रशासनले फेरि जारी गर्‍यो निषेधाज्ञा

काठमाडौँमा विरोधका गतिविधि बढ्न थालेपछि प्रशासनले फेरि जारी गर्‍यो निषेधाज्ञा

सोमवार, फाल्गुण २६ २०८१०४:४२
सोमवार, फाल्गुण २६ २०८१०४:४२
  • images

    काठमाडौँ । जिल्ला प्रशासन कार्यालय, काठमाडौँले सिंहदरबार, नयाँ बानेश्वरलगायत विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेको छ।

    जिप्रकाले फागुन २५ गतेदेखि लागू हुने गरी काठमाडौँको सिंहदरबार क्षेत्र, संसद् भवन रहेको नयाँबानेश्वर क्षेत्र, राष्ट्रपति कार्यालय आसपासको क्षेत्र, उपराष्ट्रपति कार्यालय वरपरको क्षेत्र र प्रधानमन्त्री निवास बालुवाटार आसपासको क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो।

    निषेधाज्ञा दुई महिनाका लागि जारी गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ। ती स्थानमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भई नारा, जुलुस, धर्ना, घेराउ, प्रदर्शनजस्ता गतिविधि गर्न नपाइने प्रशासनको भनाइ छ।

    notice.jpg
    notice1.jpg

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend