२०८३, आश्विन २१ गते

images

प्रशासन कार्यालयकै अगाडि आत्मदाहको प्रयास

प्रशासन कार्यालयकै अगाडि आत्मदाहको प्रयास

सोमवार, फाल्गुण २६ २०८१०५:२६
सोमवार, फाल्गुण २६ २०८१०५:२६
  • images

    काठमाडौं ।  वीरगन्जस्थित जिल्ला प्रशासन कार्यालय पर्सामा सोमबार मिटरब्याजी पीडित एक पुरुषले आत्मदाह गर्ने प्रयास गरेका छन् । बाराको पचरौता नगरपालिका–४ स्थायी घर भई हाल वीरगन्ज–२४ रामगढवा बस्ने ६० वर्षीय बृजकिशोर प्रसाद साहले कार्यालय परिसरमै आत्मदाहको प्रयास गरेका हुन् ।

    साहले किरा मार्ने विषादी सेवन गर्दै शरीरमा पेट्रोल छर्केर आगो लगाउने कोसिस गरेका थिए । तर त्यहाँ ड्युटीमा रहेका सशस्त्र प्रहरीले साहलाई आगो लगाउनबाट जागाएको थियो ।

    पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले हल्का विष समेत सेवन गरिसकेका साहलाई त्यहाँबाट उद्धार गरेर उपचारका लागि नारायणी अस्पतालमा पु¥याइएको र उनको अवस्था खतरामुक्त रहेको चिकित्सकले बताएको जानकारी दिए ।

    मिटरब्याजीबाट पीडित साहलाई प्रहरीले न्याय नदिएका कारण उनले आत्मदाहको प्रयास गरेको बताइएको छ । घटनास्थलबाट भेटिएको साह आफैंले लेखेको पत्रमा लेखिएको छ, ‘१ लाख ५० हजार रुपैयाँ ऋण लिएर ६ लाख मूल्य बराबरको जग्गा अरूका नाममा पास गरेको थिएँ । तर जग्गाको आफूले पैसा तिर्न खोज्दा पीडकले फिर्ता गर्न आनाकानी गरिरहेको छ । यो मुद्दामा प्रहरीले पनि साथ दिइरहेको छैन, त्यही कारण यो बाटो रोजेको हुँ ।’

    घटनास्थलबाट बरामद उक्त पत्रबारे पुष्टि गर्दै प्रमुख जिल्ला अधिकारी अर्यालले जिल्ला प्रहरी कार्यालय पर्सामा साहले निवेदन दिएको र त्यसबारे प्रहरी कार्यालयमा मिलापत्रका लागि छलफल भइरहेको अवस्था रहेको बताए । सोमबारको घटनाबारे थप अनुसन्धानका लागि आफूले प्रहरी प्रमुखलाई निर्देशन दिइसकेको अर्यालले बताए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend