काठमाडौं । कास्कीमा भूकम्पको धक्का महसुस भएको छ। मंगलबार बिहान ४ बजेर ११ मिनेट जाँदा मादी गाउँपालिकाको साइमराङ आसपास केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
यसअघि फागुन २४ गते बागलुङ केन्द्रविन्दु भएर ४.१ र म्याग्दी केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो।कास्कीसँगै गोरखा, लमजुङ, पर्वत, स्याङ्जासहितका जिल्लामा भूकम्पको धक्का महसुस भएको छ।

