२०८३, आश्विन २१ गते

images
  • स्थानीय
  • गोरखाको इतिहास अध्ययन र प्रवर्द्धन गर्न...

गोरखाको इतिहास अध्ययन र प्रवर्द्धन गर्न ‘स्रष्टा पदयात्रा’

गोरखाको इतिहास अध्ययन र प्रवर्द्धन गर्न ‘स्रष्टा पदयात्रा’

शुक्रवार, चैत्र १ २०८१०९:४३
शुक्रवार, चैत्र १ २०८१०९:४३
  • images

    काठमाडौं । गोरखाको इतिहास अध्ययन र पर्यटन प्रवर्द्धनका लागि ‘स्रष्टा पदयात्रा’ सुरु भएको छ। देशका ३५ जना साहित्यकारहरू ‘स्रष्टा पदयात्रा’ का लागि आज यहाँ आइपुगेको गोरखा नगरपालिका प्रमुख कृष्णबहादुर रानामगरले जानकारी दिए।

    उनले नेपाल एकीकरणको इतिहास बोकेको गोरखाको इतिहास बुझ्न र बुझाउन यस पदयात्राले महत्वपूर्ण भूमिका खेल्न विश्वास व्यक्त गरे। ‘गोरखा ऐतिहासिक, सांस्कृतिक र धार्मिक विविधताको हिसाबले पनि अन्यन्तै सुन्दर क्षेत्र हो। देशका चर्चित साहित्यकारहरू सम्मिलित यस अभियानले तत्काल र पछि कलमको माध्यमद्वारा थप महत्व उजागर गर्न सघाउ पुग्नेछ’, नगरप्रमुख रानामगरले भने।

    पदयात्रा नेपाल काठमाडौँका अध्यक्ष शितल गिरीको नेतृत्वमा श्रष्टा पदयात्रीहरू यहाँ आइपुगेका हुन्। पदयात्राका क्रममा उनीहरूले जिल्लाका  ऐतिहासिक एवं पर्यटकीय क्षेत्रको स्थलगत अध्ययन अवलोकन गर्दै लेख, रचना, तथा भिडियो डकुमेन्ट्रीमार्फत उजागर गर्नेछन्। पदयात्रामा वरिष्ठ गजलकार ज्ञानुवाकार पौडेल, साहित्यकार खोलाघरे साइलो, शान्ति सापकोटा, हरिश कल्पित, डा बालचन्द्र मिश्रलगायतको सहभागिता रहेको छ।

    पदयात्रामार्फत गोरखाको इतिहास चिन्न र चिनाउन मद्दत पुग्ने पदयात्राका अध्यक्ष शितल गिरीले बताए। उनले यहाँ जन्मिएका नेपालका प्रथम सहिद लखन थापाबारे थप जानकारी दिन आग्रह गरे। स्थानीय कला संस्कृतिलाई जोगाउन सकेमात्र पर्यटकलाई आर्कषित गर्न सकिने अध्यक्ष गिरीको भनाइ छ।

    ‘गोरखा र गोरखनाथलाई चिनाउन सके मात्र गोरखाको इतिहास चिन्न सक्छौँ । बाहिरबाट आएका पर्यटकलाई गोरखाले के दिने भन्ने बारेमा अब योजना बनाउनुपर्छ’, उनले भने, ‘गुरु गोरखनाथको प्रसादका रूपमा रहेको ‘रोट’ लाई मात्र चिनाउन सके पनि जिल्लाको पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्न सक्छ।’


    पदयात्राले गोरखा भ्रमण वर्षलाई थप उचाइमा पुर्‍याउन महत्वपूर्ण सहयोग पुग्ने नगर उपप्रमुख मसली माया थोकरले बताइन्। नगरपालिकाले गोरखा भ्रमण वर्ष घोषणा गर्दै ‘गोरखाः जहाँ इतिहास जीवित छ’ भन्ने नाराका साथ यहाँको इतिहास प्रवर्द्धन गर्ने योजना अघि बढाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend