२०८३, आश्विन २१ गते

images

६ महिनामा १ लाख ३० हजार बढीले गरे धरहराको अवलोकन, झन्डै साढे २ करोड राजस्व संकलन

६ महिनामा १ लाख ३० हजार बढीले गरे धरहराको अवलोकन, झन्डै साढे २ करोड राजस्व संकलन

मंगलवार, चैत्र ५ २०८१०१:२५
मंगलवार, चैत्र ५ २०८१०१:२५
  • images

    काठमाडौं ।  हाल सम्म १ लाख ३० हजार भन्दा बढीले धरहराको अवलोकन गरेका छन् । शहरी विकास मन्त्रालयले वित्तीय प्रगति विवरण सार्वजनिक गर्दै ६ महिनामा १ लाख ३० हजार भन्दा बढीले धरहराको अवलोकन गरेको जनाएको हो । २०८१ असोज ३ गते संविधान दिवसको अवसर पारेर धरहरा संचालनमा ल्याई सर्वसाधारणको लागि खुल्ला गरिएको थियो ।

    २ करोड ३७ लाख भन्दा बढी राजस्व संकलन भएको छ। चालु आ.व.मा यस शहरी विकास मन्त्रालयको जम्मा ९१ अर्व ३५ करोड २३ लाख रहेकोमा संघतर्फ ६८ अर्ब २५ करोड ८३ लाख ३९ हजार रहेको जनाएको छ ।

    जसमध्ये चालु तर्फ ४ अर्ब ४२ करोड ३८ लाख २३ हजार र पूँजीगत तर्फ ६३ अर्ब ८३ करोड ४५ लाख १६ हजार विनियोजित छ ।

    हालसम्म चालुतर्फको खर्च २५.२३ प्रतिशत रहेको छ भने पूँजीगततर्फको खर्च १७.४३ प्रतिशत रहेको छ । समग्रमा हालसम्म जम्मा १२ अर्व २४ करोड ३ लाख ८७ हजार अर्थात् १७.९३ प्रतिशत खर्च भएको छ ।

    मन्त्रालयले चालु आर्थिक वर्षमा १७.९३ प्रतिशत बजेट खर्च गरेको छ । चालू आर्थिक वर्ष २०८१÷८२ मा सहरी विकास मन्त्रालयको कुल बजेट ९१ अर्ब ३५ करोड २३ लाख रुपैयाँ छ ।

    संघीयतर्फ ६८ अर्ब २५ करोड ८३ लाख ३९ हजार रुपैयाँ विनियोजन गरिएको थियो । हालसम्म जम्मा रू १२ अर्ब २४ करोड ३ लाख ८७ हजार अर्थात् १७.९३ प्रतिशत खर्च भएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend