२०८३, आश्विन २१ गते

images

प्रभु साहले ‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम’बहिष्कार गर्ने

प्रभु साहले ‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम’बहिष्कार गर्ने

बिहिवार, चैत्र ७ २०८११२:००
बिहिवार, चैत्र ७ २०८११२:००
  • images

    काठमाडौँ । प्रतिनिधिसभाका सांसद प्रभु साहले ‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम’ कार्यसूचीबाट हटाउन माग गरेका छन् । 

    बिहीबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा उनले अघिल्लो प्रश्नोत्तर कार्यक्रममा आफूले सोधेको प्रश्नको जवाफ प्रधानमन्त्रीले नदिएको भन्दै कार्यक्रमको औचित्य नभएको बताए । 

    “कुनै प्रश्नको जवाफ छैन भने त्यो कार्यक्रमको औचित्य छैन । मैले सोधको जवाफ प्रधानमन्त्रीले दिनुभएन । प्रभु साहको होइन, सवाल प्रश्नोत्तर कार्यक्रमको हो,” उनले भने ।

    उनले संसद्को सम्मान पनि नगरेको उनको भनाइ छ । आज प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुँदै छ । उनले कार्यसूचीबाट नहटाए कार्यक्रम बहिष्कार गर्ने चेतावनी पनि दिए । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend