२०८३, आश्विन २१ गते

images

सुदूरपश्चिम प्रदेशमा शुक्रबार सार्वजनिक बिदा

सुदूरपश्चिम प्रदेशमा शुक्रबार सार्वजनिक बिदा

बिहिवार, चैत्र ७ २०८१०४:५८
बिहिवार, चैत्र ७ २०८१०४:५८
  • images

    काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारले शुक्रबार सार्वजनिक बिदा दिएको छ । रानाथारू समुदायको परम्परागत ‘खखडेहरा पर्व’को अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो ।

    आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता आमोद दाहालका अनुसार मन्त्रिपरिषद्ले निर्णय गरेपछि प्रदेश राजपत्रमा नै ८ चैतमा प्रदेशभर बिदा रहेको उल्लेख छ । 

    रानाथारू समुदायले परम्परागत होली पर्वको अन्तिम दिनलाई खखडेहरा पर्वका रूपमा मनाउने गरेका छन् । आफ्नो समुदायका नागरिकहरुको दीर्घायु, रोगव्याधी नलागोस् भनेर खखडेहरा पर्वमा गाउँबाहिर गएर परम्परागत शैलीमा पूजासमेत गर्ने चलन छ ।  राना थारू समुदायमा एक महिनासम्म होली मनाउने प्रचलन छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend