२०८३, आश्विन २२ गते

images

चोरीका २ सय ७१ थान मोबाइलसहित ७ जना पक्राउ

चोरीका २ सय ७१ थान मोबाइलसहित ७ जना पक्राउ

शुक्रवार, चैत्र ८ २०८१०५:३९
शुक्रवार, चैत्र ८ २०८१०५:३९
  • images

    काठमाडौं । चोरीका २७१ थान मोबाइलसहित प्रहरीले सात जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काभ्रेको बेथानचोक गाउँपालिका-५ का ३५ वर्षीय प्रमोद परियार, काभ्रेकै खानिखोला गाउँपालिका-५ का २६ वर्षीय गुनराज न्यौपाने, रौतहटको चन्द्रनिगाहापुर नगरपालिका-१ का ३० वर्षीय हेमन्त राना मगर, दोलखाको शैलुङ गाउँपालिका-६ का २८ वर्षीय शम्भु विश्वकर्मा, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-११ का २२ वर्षीय राजेश चालिसे, दोलखाको कालिन्दोक गाउँपालिका-५ का २१ वर्षीय सबिन पाण्डे र काठमाडौँ सिनामंगलका २० वर्षीय प्रकाश कटवाल छन् ।

    उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले पक्राउ गरेका हो । उनीहरूबाट विभिन्न ब्राण्डका २७१ थान मोबाइल, १५ थान ल्यापटप र ९ थान ट्याब बरामद गरिएको परिसरले जनाएको छ । बरामद मोबाइलमध्ये १८ थान आइफोन छन् । बुधबार ठिमीबाट कोटेश्वर आउने क्रममा सार्वजनिक बसमा सवार यात्रुको मोबाइल पाकेटमारी भएको थियो ।

    पाकेट मारेर भागेको सूचना आएपछि प्रहरीले खोजी गरेको थियो । पाकेटमारीमा संलग्नलाई पक्राउ गरेर अनुसन्धान गर्दा ठूलो मात्रामा मोबाइल र ल्यापटप बरामद भएको हो । चोरीका मोबाइल यो समूहले भक्तपुरको जगातीस्थित सरोज मोबाइल रिपेयरिङ सेन्टेरमा बेच्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

    mo.jpg
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend