२०८३, आश्विन २१ गते

images
  • स्थानीय
  • ललितपुर महानगर भित्रै छन् ४० बढी...

ललितपुर महानगर भित्रै छन् ४० बढी हरियाली पार्क

ललितपुर महानगर भित्रै छन् ४० बढी हरियाली पार्क

आइतवार, चैत्र १० २०८१११:०९
आइतवार, चैत्र १० २०८१११:०९
  • images

    काठमाडौँ । ललितपुर महानगरपालिका भित्र विभिन्न ४० भन्दा बढी पार्क निर्माण सम्पन्न भएका छन् । आइतबार ललितपुर महानगर वडा नं.२५ स्थित संजिवनी पार्कको खण्ड ख निर्माण सम्पन्न भएसँगै ४० भन्दा बढी पार्क सञ्चालनमा आएको हो । 

    आइतबार संजिवनी पार्कको ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले उद्घाटन गर्दै महानगरमा ४० वटा भन्दा धेरै पार्क निर्माण सम्पन्न भइसकेको बताए ।

    ‘पार्क निर्माको श्रृंखलामा यो पार्क थपिएको एक अर्को पार्क हो’, उनले भने । ललितपुर महागरको वडा नं.२५ मा नै रहेको संजीवनी पार्कको खण्ड क को निर्माण सम्पन्न यस अघि नै भइसकेको छ । महानगर प्रमुख महर्जनले सार्वजनिक जग्गा अतिक्रमण हुन नदिन महानगरले शसक्त रुपमा काम गरेको बताए । 

    ललितपुर महानगर वडा नं.२५ का वडा अध्यक्ष दौलत विक्रम खत्रीले महानगरले विभिन्न वडामा बनाएको पार्कले सहरको सौन्दर्य बढाएको प्रष्ट पारे । 

    खाली जमिनमा आकर्षक पार्क निर्माणले वडालाई सुन्दर बनाएको उनको भनाई थियो । पार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष रवि विष्टले ७५ लाख रुपैयाँ बराबरको लागतमा संजिवनी पार्क खण्ड ख निर्माण सम्पन्न भएको जानकारी दिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend