२०८३, आश्विन २१ गते

images
  • स्थानीय
  • लालबन्दी नगरभित्र सञ्चालित अधिकांश स्वास्थ्य संस्था...

लालबन्दी नगरभित्र सञ्चालित अधिकांश स्वास्थ्य संस्था मापदण्ड विपरित, १९ संस्था बन्द गर्न मुख्यमन्त्रीको निर्देशन

लालबन्दी नगरभित्र सञ्चालित अधिकांश स्वास्थ्य संस्था मापदण्ड विपरित, १९ संस्था बन्द गर्न मुख्यमन्त्रीको निर्देशन

आइतवार, चैत्र १० २०८१११:४४
आइतवार, चैत्र १० २०८१११:४४
  • images

    काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सर्लाहीको लालबन्दी नगरपालिकास्थित लालबन्दी चोक र नवलपुरचोकमा रहेका २३ वटा स्वास्थ्य संस्था अनुगमन गरेका छन् ।

    अनुगमनको क्रममा ती संस्थाहरूमा देखिएका अनियमितताका कारण १९ अस्पताललाई तत्काल बन्द गर्ने निर्देशन जारी गरिएको हो । यी अस्पतालहरू सेवा सञ्चालन अनुमतिपत्र बिना वा मापदण्ड विपरीत सेवा दिइरहेको पुष्टि भएपछि यो कडा कदम उठाइएको मुख्यमन्त्री सिंहले बताए ।

    मुख्यमन्त्री सिंहले राज्यमा स्वास्थ्य सेवा सञ्चालन गर्दा मापदण्डको पूर्ण पालना अनिवार्य भएको बताए । उनका अनुसार स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा लापरवाहीलाई कुनै पनिहालतमा स्वीकार गर्न सकिने छैन ।

    सिंहले भने, ‘जनताको स्वास्थ्यप्रति हामी कुनै प्रकारको सम्झौता गर्न सक्दैनौं । मापदण्ड उल्लंघन गर्दै सेवा सञ्चालन गर्नु गम्भीर अपराध हो । त्यसैले यस्ता अस्पताललाई तुरुन्त बन्द गर्ने निर्देशन दिएका छौं ।’

    अनुगमनका क्रममा जम्मा दुईवटा स्वास्थ्य संस्थासँग मात्रै सेवा सञ्चालन अनुमतिपत्र दुरूस्त रहेको पाइयो भने थप दुईवटाले नवीकरण गर्नुपर्ने अवस्था देखियो । यी स्वास्थ्य संस्थाहरूलाई अबिलम्ब आवश्यक कागजात मिलाउन निर्देशन दिइएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend