काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले कानुन मिच्ने भ्रष्टाचारीलाई सरकारले नै संरक्षण गरेको आरोप लगाएका छन् ।
सामाजिक सञ्जालमार्फत उनले भनेका छन्य, ‘यति धेरै कानुन मिच्ने भ्रष्टाचारीलाई बचाउने सरकार, अनि हामी सुशासनको कुरा चाहिँ भाषणमा सुन्नु पर्ने ?’
काठमाडौँ महानगरपालिका २८ मा निर्माणाधीन काठमाडौँ टावर परियोजना बारे विभिन्न आदेश सार्वजनिक गर्दै उनले आफूले उठाएका विषय गलत भए जेल हाल्न चुनौती समेत दिएका छन् ।
आइतबार राती मात्रै बालेनले सामाजिक सञ्जाल मार्फत सरकारले प्रमुख प्रशासकीय अधिकृत नपठाएको भन्दै विरोध जनाएका थिए । उनले ३ महिनादेखि सफाइ कर्मचारीले समेत तलब नपाएको भन्दै उनले विरोध जनाएका थिए ।
उनले सामाजिक सञ्जालमा लेखेका थिए, ‘काठमाडौं महानगरपालिकाको सरसफाई कर्मचारीले बिगत ३ महिना देखी तलब पाको छैन, सरकारको दम्भले, को कोले के के आन्दोलन गर्ने हो, मलाई थाह छैन, अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडदिन्छु,त्यो पछी हेरौँला तिमी हरुको के के तन्त्र हो ।’

