२०८३, आश्विन २१ गते

images
  • स्थानीय
  • प्रमुख प्रशासकीय अधिकृत सहित ३ जना...

प्रमुख प्रशासकीय अधिकृत सहित ३ जना विरुद्ध भ्रष्टाचार मुद्दा

प्रमुख प्रशासकीय अधिकृत सहित ३ जना विरुद्ध भ्रष्टाचार मुद्दा

मंगलवार, चैत्र १२ २०८१०४:१६
मंगलवार, चैत्र १२ २०८१०४:१६
  • images

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृत सहित ३ जना विरुद्द भ्रष्टाचार मुद्धा दायर गरेको छ ।

    आयोगले मंगलबार धनुषा जिल्लाको बटेश्वर गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सावन कुमार चौधरी, लेखा हेर्ने छैठौ तहका अधिकृत सुमन कुमार पुरी र पत्रकार वृज कुमार यादव विरुद्ध मुद्दा दायर गरेको हो । 

    पत्रकार यादवमाथि विज्ञापन नै प्रकाशित नगरी ६ लाख ४४ हजार रुपैंयाको फर्जी बिल तयार पारेको आरोप छ । 

    अख्तियारका अनुसार, धनुषाको बटेश्वर गाँउपालिकाका वडाहरुमा स्वास्थ्य चौकी भवन र डिप बोरिङ निर्माणमा बोलपत्र आह्वान गर्नुपर्ने थियो ।

    राष्ट्रिय स्तरको दैनिक पत्रिकामा बोलपत्रको सूचना प्रकाशित गर्नुपर्नेमा जनकपुर टुडेका प्रधानसम्पादक एवं अध्यक्ष यादवले बोलपत्र स्वीकृतीको सूचना लुकाई सूचना प्रकाशित नै गरेनन् ।

    उनले गाँउपालिकाको अभिलेखमा राख्ने गरी एकप्रतिमात्रै पत्रिका प्रकाशित गरेको अख्तियारको आरोप छ ।

    पाँच वर्षअघिको घटनामा प्रधान सम्पादक यादवले विज्ञापन प्रकाशित गरेको भनी ६ लाख ४४ हजार रुपैंयाको बील तयार गरेका थिए । त्यही रकम भुक्तानी गरेको आरोपमा अख्तियारले यादव सहित गाँउपालिकाका दुई कर्मचारीहरुमाथि मुद्दा दायर गरेको हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend