काठमाडौँ । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको भन्दै प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) सहित विपक्षी दलहरूले प्रतिनिधि सभा बैठकमा विरोध गरेका छन्।
बुधबारको बैठक सुरू हुनेबित्तिकै माओवादी, रास्वपा, राप्रपा, एकीकृत समाजवादीलगायत विपक्षी दलका सांसद उठेर विरोध गरेका थिए।
सभामुख देवराज घिमिरेले माओवादी सांसद शक्तिबहादुर बस्नेतलाई बोल्न समय दिएका छन् उनले घिसिङलाई हटाउने निर्णय भएकोमा विरोध गरेका छन्।
बस्नेतले घिसिङको बर्खास्ती बक्यौता उठाउन नदिने, जलमाफियाहरूको स्वार्थ पूरा गर्ने, विद्युत प्राधिकरणलाई बिचौलियाको हातमा सुम्पिने उद्देश्यमा आधारित रहेको बताए ।
उनले राम्रो काम गर्नेहरू पुरस्कृत हुन्छन् भन्ने सन्देश प्रवाह गर्नुपर्नेमा सरकार उल्टो बाटोमा हिँडिरहेको बताए ।
विपक्षी दलको अवरोध पछि सभामुख देवराज घिमिरेले ३० मिनेटका लागि बैठक स्थिगित भएको घोषणा गरे ।

