काठमाडौँ । दुई पाङ्ग्रे विद्युतीय सवारी साधनहरूको लागि ब्याट्री-स्वापिङ प्रविधिमा विश्वव्यापी अग्रणी गोगोरोले काठमाडौँ उपत्यकाभरि पूर्ण रूपमा सञ्चालित ४५ ब्याट्री स्वाप स्टेशन स्थापना गरेको छ।
गोगोरोले आफ्नो प्रतिबद्धता अनुरुप स्मार्ट स्कुटरको बिक्री गर्नु अघि नै बलियो नेटवर्क पूर्वाधार निर्माण गरेको हो। सहरी यातायातलाई दिगो र प्रभावकारी समाधान दिने गोगोरोको लक्ष्यमा यो एउटा महत्वपूर्ण उपलब्धि हो।
स्मार्ट मोबिलिटीमा नयाँ युगको सुरुवात
रणनीतिक रूपमा प्रत्येक २ देखि ३ किलोमिटरमा अवस्थित गोगोरोका ४५ स्वाप स्टेशनहरूले चार्जिङको लागि पर्खने झन्झट हटाउँदै फुल चार्ज गरिएका ब्याट्रीहरूमा सजिलै पहुँच प्रदान गर्दछ। केवल ६ सेकेन्ड समय लाग्ने स्वापका कारण नेपाली ईभी प्रयोगकर्ताहरूले निर्बाध यात्राको आनन्द लिन सक्नेछन्।
गोगोरो स्वाप स्टेशनका प्रमुख विशेषताहरू
रणनीतिक कभरेजस् यात्रुहरूलाई सहज हुने गरी प्रमुख शहरी र आसपासका क्षेत्रहरूमा अवस्थित स्वाप स्टेशन।
२४/७ उपलब्धतास् स्वाप स्टेशन चौबिसै घण्टा सञ्चालनमा रहने ।
सहज इन्टरफेसस् पहिलो पटक प्रयोग गर्नेहरूका लागि पनि सहज र सरल ब्याट्री स्वाप प्रणाली।
एडभान्स सुरक्षा तथा अनुगमन रियल टाइम ब्याट्राी हेल्थ निगरानी तथा अन्य सुरक्षा मापदण्डहरु ।
भविष्यमा बढ्दो मागलाई सहजै व्यवस्थापन गर्न सक्ने संरचना ।
स्वाप स्टेशनहरूमा गोगोरो ब्याट्रीद्वारा संचालित प्रणाली उपलब्ध छ, जसले ग्राहकहरूलाई बिजुली अवरोधको अवस्थामा समेत ७ दिनसम्म सञ्चालन सुनिश्चितता गर्दछ।
एअइ पावर स्टेशनहरूस् स्वाप स्टेसनहरू ब्क्ष् प्रणाली द्वारा सञ्चालित हुन्छन्, जसले ब्याट्रीको स्वास्थ्य तथा प्रयोगकर्ताको मागअनुसार ब्याट्रीको उपलब्धता सुनिश्चित गर्दछ।
नेपालको शहरी यातायातमा ठूलो परिवर्तन
गोगोरोको ब्याट्री/स्वापिङ प्रविधिले ईभीका लागि सबैभन्दा ठूलो अवरोधहरू मध्ये एक रेन्जको चिन्तालाई (चार्ज सकिने चिन्ता) प्रत्यक्ष रूपमा सम्बोधन गर्दछ। राइडरहरूले ब्याट्री सकिने वा चार्जिङको लागि धेरै समय पर्खने बारेमा कहिल्यै चिन्ता गर्नु पर्दैन। यसरी स्वाप स्टेशनहरूले ईभी सवारीलाई अझ व्यवहारिक र आकर्षक बनाउँछन्।
हाल गोगोरोका स्टेसनहरू पेट्रोल पम्प, सुपरमार्केट तथा अन्य रणनीतिक स्थानहरूमा राखिएका छन्। हाल काठमाडौंमा दैनिक १०० भन्दा बढी स्वाप भइरहेको छन् र यो बढ्दो क्रममा छ।
“नेपालको ईभी ईकोसिस्टमलाई बलियो बनाउन हामी आफ्नो प्रतिबद्धता पूरा गर्न पाएकोमा गर्व लागेको छ । यी ४५ स्व्याप स्टेसनहरू हाम्रो दीर्घकालीन सोचको पहिलो खुड्किलो मात्र हो, हाम्रो लक्ष्य अझ स्मार्ट र दिगो यातायात प्रणाली निर्माण गर्नु हो,” नेबुला इनर्जीका अध्यक्ष मनोज गोयलले भने ।
गोगोरोका नवीनतम स्मार्टस्कूटरहरू बारे जान्न नक्सालको गोगोरो शोरूममा जानुहोस् । गोगोरोले नेपालको इलेक्ट्रिक मोबिलिटीलाई कसरी अगाडि बढाइरहेको छ भनेर प्रत्यक्ष रूपमा हेर्नको लागि आफ्नो नजिकको स्वाप स्टेशन भिजिट गर्न समेत आग्रह गरेको छ ।
गोरोको बारेमा
सन् २०११ मा स्थापित गोगोरोले आफ्नो अग्रणी ब्याट्रीस्वापिङ नेटवर्कको साथ शहरी ऊर्जा वितरणलाई पुनस् परिभाषित गरिरहेको छ। इनोभेसनको लागि विश्वप्रसिद्ध गोगोरोले आफ्नो स्मार्ट, स्कावेल र सस्टेनेवल मोविलिटीका समाधानहरूको साथ शहरी यातायातलाई रूपान्तरण गरेको छ। ताइवान, फिलिपिन्स, चीन, भारत, जापान, इन्डोनेसिया, कोरिया, इजरायल, सिंगापुर र नेपालमा सञ्चालनमा आएको गोगोरोले इलेक्ट्रिक मोबिलिटी इनोभेसनको नेतृत्व गरिरहेको छ।

