२०८३, आश्विन २० गते

images
  • समाचार
  • रोकियो त्रिभुवन विमानस्थलको उडान, ल्याण्ड गर्न...

रोकियो त्रिभुवन विमानस्थलको उडान, ल्याण्ड गर्न नपाएपछि आकाशमै होल्ड भए जहाज

रोकियो त्रिभुवन विमानस्थलको उडान, ल्याण्ड गर्न नपाएपछि आकाशमै होल्ड भए जहाज

शुक्रवार, चैत्र १५ २०८१०५:५२
शुक्रवार, चैत्र १५ २०८१०५:५२
  • images

    काठमाडौँ । राजावादी समूहको आन्दोलनको असर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि देखिएको छ । आन्दोलनकै कारण अहिले उडानहरु रोकिएका छन् भने अवतरण गर्न नसकेर केही जहाजहरु आकाशमै होल्ड भएका छन् । 

    प्रदर्शनकारीले विमानस्थल क्षेत्र आसपास लागो लगाएपछि सुरक्षाको कारण देखाउँदै उडान रोकिएको हो । प्रदर्शनकारीले प्राधिकरणको मुख्य कार्यालय सिनामंगल अगाडी आगो बालेका थिए । आगो विमानस्थल क्षेत्र भित्र समेत पसेसँगै सुरक्षाका कारण विमानस्थल बन्द भएको हो ।

    सुरक्षा आश्वस्त नभएसम्म यो अझै बढ्ने विमानस्थल उच्च स्रोतले जनाएको छ ।

    अहिले अन्तर्राष्ट्रिय उडानका जहाजहरू आकाशमै होल्ड गरिएको छ । आन्तरिक उडान भएका छैनन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend