२०८३, आश्विन २२ गते

images

खसीबोका लिएर काठमाडौं आउँदै गरेको गाडी दुर्घटना, १ जनाको मृत्यु, २ घाइते

खसीबोका लिएर काठमाडौं आउँदै गरेको गाडी दुर्घटना, १ जनाको मृत्यु, २ घाइते

आइतवार, चैत्र १७ २०८१०९:५२
आइतवार, चैत्र १७ २०८१०९:५२
  • images

    काठमाडौं । काठमाडौं नागार्जुनमा खसीबोका लोड गरेको गाडी पल्टिँदा एक जनाको मृत्यु भएको छ। नागार्जुन नगरपालिका–८ ठूलाखोला नजिकै गएराति पौने नौबजेतिर प्र ३ –०१–०२४  च ८३२२ नम्बरको गाडी सडकबाट चारसय मिटर तल खसेर दुर्घटना भएकाे जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। 

    धादिङबाट काठमाडौं आउँदै गरेको टाटा गाडी विपरित दिशाबाट आउँदै गरेको अर्को गाडीलाई साइड दिने क्रममा सडकबाट खसेको हो। 

    दुर्घटनामा गम्भीर घाइते भएका गोरखाको भिमसेन गाउँपालिका- ४ घर भएका का ५० वर्षीय गोकुल पाण्डेलाई उपचारको लागि स्वयम्भूस्थित मनमोहन अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्।

    जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार दुर्घटनामा गाडी चालक गोरखाकै भिमेश्वर - ४ कै ४१ वर्षीय जमालुदिन मिया र सोही ठाउँका ४३ वर्षीय रामजी भट्ट घाइते भएका छन्। 


    भट्टको भिमढुंगाको नर्सरी चोकमा रहेको स्थानीय मेडिकलमा उपचार भइरहेको छ। गाडीका चालक मियाको भने स्वयम्भूस्थित मनमोहन अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend