काठमाडौँ । आइतबार नै सुनको मूल्यमा नयाँ रेकर्ड बनेको छ ।
अघिल्लो दिनको तुलनामा आज मूल्य प्रतितोला ६ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइत्बार लागि सुनको भाउ प्रतितोला १ लाख ७६ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ७६ हजार २ सय रुपैयाँ थियो ।
आइतबार सुनको मूल्यले नयाँ रेकर्ड बनाउादा चाँदीको भने घटेको छ । अघिल्लो दिन प्रतितोला २ हजार ४० रुपैयाँ रहेको चाँदी आज प्रतितोला १५ रुपैयाँले घटेर २ हजार २५ रुपैयाँ कायम भएको छ ।

