२०८३, आश्विन २१ गते

images
  • स्थानीय
  • नगरपालिकाको साइनबोर्डमा ‘आई लभ यु प्रमिला’...

नगरपालिकाको साइनबोर्डमा ‘आई लभ यु प्रमिला’ देखिएपछि...

नगरपालिकाको साइनबोर्डमा ‘आई लभ यु प्रमिला’ देखिएपछि...

आइतवार, चैत्र १७ २०८१११:१७
आइतवार, चैत्र १७ २०८१११:१७
  • images

    काठमाडौँ । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकास्थित नापी कार्यालयको साइनबोर्ड ह्याक भएको छ । कायर्यालयको डिजिटल बोर्ड ह्याक गरेर ‘आई लभ यु प्रमिला’ लेखिदिएको छ ।

    नगरपालिकाका मेयर रबि केसीले डिजिटल बोर्डबाट ह्याकरले नापी कार्यालयको नाम हटाएर अर्कै डिस्प्ले गरेको जानकारी दिए । ‘बोर्डमा त्यस्तो देखिएको हो । ह्याक भएको हो’, उनले भने ।

    कार्यालयका प्रमुख मन आग्रीले आफू बाहिर रहेको तर आफूलाई बोर्डको नाम परिवर्तन भएको बारे जानकारी पाएको बताए ।

    नगरपालिकाका सूचना अधिकारी इन्द्रबहादुर बिष्टले यसबारेमा अनुसन्धान गर्ने काम भइरहेको बताए । जिल्ला प्रशासन कार्यालय र अनुसन्धान गर्ने निकायलाई जानकारी गराइएको उनले बताए ।

    केही दिनअघि भरतपुरको विद्युत प्राधिकरणको कार्यालयको बोर्डमा पनि प्रधानमन्त्री विरुद्धको नारा देखिएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend