२०८३, आश्विन २१ गते

images

प्राधिकरणमा कर्मचारी आन्दोलनमा

प्राधिकरणमा कर्मचारी आन्दोलनमा

आइतवार, चैत्र १७ २०८१०१:५५
आइतवार, चैत्र १७ २०८१०१:५५
  • images

    काठमाडौं । सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरण टुक्राउने गरी ल्याएको ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ र ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ तुरुन्त फिर्ता लिनुपर्ने माग राख्दै ९ दिनदेखि प्राधिकरणका कर्मचारीहरू आन्दोलित भएका छन् ।

    सिनामंगलस्थित प्राधिकरणको केन्द्रीय कार्यालयमा बिहानैदेखि कर्मचारीहरूले हातमा कालो पट्टी बान्दै २ बजेसम्म पेन डाउन गरी सो विधेयकको विरोध गरेका हुन् । 

    सरकारले उड्डयन प्राधिकरणलाई सेवाप्रदायक र नियामक निकाय छुट्टै बनाउन संसदमा पेस गरेको दुई विधेयकप्रति आपत्ति जनाउँदै कर्मचारीहरू आन्दोलनमा उत्रिएको प्राधिकरणका आधिकारिक ट्रेड युनियनका अध्यक्ष सुभाष कोइरालाले बताए ।  

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend