२०८३, आश्विन २१ गते

images
  • स्थानीय
  • राजकुलो मर्मत गर्न ललितपुर महानगरको गोदावरीलाई...

राजकुलो मर्मत गर्न ललितपुर महानगरको गोदावरीलाई दियो डेढ करोड सहयोग

राजकुलो मर्मत गर्न ललितपुर महानगरको गोदावरीलाई दियो डेढ करोड सहयोग

सोमवार, चैत्र १८ २०८११०:३८
सोमवार, चैत्र १८ २०८११०:३८
  • images

    काठमाडौँ । ललितपुर महानगरपालिकाले गोदावरी नगरपालिकालाई राजकुलो पुनर्निर्माणका लागि आर्थिक सहयोग गरेको छ । 

    गोदावरी नगरपालिकामा पर्ने टिकाभैरव राजकुलो पुननिर्माण तथा मर्मत सम्भार गर्न ललितपुर महानगरले १ करोड ५० लाख रुपैयाँ सहयोग प्रदान गरेको हो । 

    ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जन र गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले सहयोग आदानप्रदानसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे । असोज दोस्रो साताको बाढीले गोदावरी नगरपालिकाको अधिकांश भौतिक संरचना ध्वस्त बनाएको छ । राजकुलो बिग्रिएका कारण पोखरी, ढुंगेधारा सुक्दै गएका छन् । तरकारी र हिउँदे बालीको उत्पादन न्यून भएको छ । 

    गोदावरी नगरपालिकाका प्रमुख महर्जनले राजकुलो पुनर्निर्माण र मर्मत गर्न सहयोग गरेकोमा महानगर परिवारलाई धन्यवाद दिए । गोदवारी नगरपालिकालाई नेपाल सरकारले  असोज दोस्रो साताको बाढीले पु¥याएको बाढीले पु¥याएको क्षतिलाई आकंलन गरेर संकटग्रस्त पालिका घोषणा गरेको छ । 

    ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले राजकुलो ललितपुर जिल्लाको ऐतिहासिक सम्पदा भएको बताउँदै सम्पदा जोगाउन सहयोग गरेको बताए । 

    उनले भने, ‘ पोखरी र ढुङेधारामा पानी सुक्न नदिन राजकुलोको धेरै भूमिका हुन्छ , यो राजकुलोको कारण ललितपुर महानगरभित्रका धेरै पोखरी र ढुंगेधारामा निरन्तर पानी आएका छन् । ’ 

    यसैगरी ललितपुर महानगरले गोदावरी नगरपालिकालाई गत असोजमा गएको बाढी प्रभावितको सहयोगार्थ ५० लाख रुपैयाँ र छिमेकी पालिका परियोजनालाई प्रदान गरिने ५० लाख गरी थप एक करोड पनि सहयोग गरेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend