काठमाडौँ । नेपाली बजारमा पछिल्लो केही दिन यता सुनको मूल्यले नयाँ रेकर्ड बनाउन थालेको छ । नेपाल सुनचाँदी व्यवासयी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको हो ।
सोमबार प्रतितोला ११ सय रुपैयाँले बढेर सुनले पुनः नयाँ रेकर्ड बनाएको छ । आइतबार प्रतितोला १ लाख ७६ हजार ८ सयमा सुनको कारोबार भएकोमा सोमबार प्रतितोला ११ सय रुपैयाँले बढेर १ लाख ७७ हजार ९ सय रुपैयाँ पुगेको हो ।
सोमबार सुनको मूल्यले रेकर्ड बनाउँदा चाँदीको समेत मूल्य बढेको छ । आइतबारको तुलनामा सोमबार प्रतितोला १० रुपैयाँले बढेर चाँदीको मूल्य २ हजार ३५ रुपैयाँ कायम भएको छ ।

