२०८३, आश्विन २२ गते

images
  • प्रमुख समाचार
  • पूर्वराजा ज्ञानेन्द्रप्रति प्रधानमन्त्री ओलीको टिप्पणी असंसदीय...

पूर्वराजा ज्ञानेन्द्रप्रति प्रधानमन्त्री ओलीको टिप्पणी असंसदीय भएको भन्दै रेकर्डबाट हटाउन राप्रपाको माग

पूर्वराजा ज्ञानेन्द्रप्रति प्रधानमन्त्री ओलीको टिप्पणी असंसदीय भएको भन्दै रेकर्डबाट हटाउन राप्रपाको माग

सोमवार, चैत्र १८ २०८१०१:२६
सोमवार, चैत्र १८ २०८१०१:२६
  • images

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा सम्बोधन गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अवरोधको प्रयास गरेको छ ।

    प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा असंसदीय भाषा प्रयोग गरेको भन्दै राप्रपाले रेकर्डबाट हटाउन माग गरेको हो । राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले प्रधानमन्त्री ओलीले असंसदीय भाषा बोलेको भन्दै रेकर्डबाट हटाउन माग गरेका हुन् ।   

    प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा पूर्वराजा ज्ञानेन्द्र शाहलाई गत २५ फागुनमा त्रिभुवन विमानस्थलमा गरिएको स्वागतलाई कथित भनेकोमा आफ्नो आपत्ति रहेको शाहीले बताएका थिए । प्रतिनिधिसभा नियमावलीको नियम २१ विपरीत प्रधानमन्त्री ओलीले होच्याउने र असंसदीय भाषा प्रयोग गरेकाले हटाउन शाहीले माग गरेका हुन् ।   

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend