२०८३, आश्विन २२ गते

images
  • प्रमुख समाचार
  • पूर्वराजा ज्ञानेन्द्रको नाममा जरिवाना तोकिएकोमा जनआन्दोलन...

पूर्वराजा ज्ञानेन्द्रको नाममा जरिवाना तोकिएकोमा जनआन्दोलन समितिको आपत्ति

पूर्वराजा ज्ञानेन्द्रको नाममा जरिवाना तोकिएकोमा जनआन्दोलन समितिको आपत्ति

सोमवार, चैत्र १८ २०८११०:०१
सोमवार, चैत्र १८ २०८११०:०१
  • images

    काठमाडौं ।  पूर्वराजा ज्ञानेन्द्र शाहको नाममा पत्र लेख्दै काठमाडौं महानगरपालिकाले जरिवाना तोकेपछि राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले आपत्ति जनाएको छ ।

    समितिका कार्यबाहक संयोजक डा. जगमान गुरुङले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै जरिवाना लिनुपर्ने भए कार्यक्रम आयोजक संस्थासँग लिनुपर्नेमा पूर्वराजासँग लिनु दुर्भावनायुक्त छैन भन्न नसकिने उल्लेख गरेका छन् ।

    विज्ञप्तिमा उल्लेख छ, ‘सो निर्णय काठमाण्डु महानगरपालिकाले तत्काल फिर्ता नलिएमा सोविरुद्ध कानूनी र अन्य मार्गप्रशस्त गरिने पनि सबैमा जानकारी गराउन चाहन्छौं ।’

    यसअघि पूर्वराजाको स्वागतमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर कार्यक्रम गर्दा राप्रपालाई जरिवाना गरिएकोमा यसपटक पूर्वराजालाई जरिवाना गर्नु महानगरको आफ्नै नीतिविपरीत हुने उनले जिकिर गरेका छन् ।

    lat-632x768.jpg
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend