२०८३, आश्विन २१ गते

images
  • स्थानीय
  • निजामती सेवा ऐन तत्काल जारीको माग...
हिउँदे अधिवेशन अन्त्यको घोषणा

निजामती सेवा ऐन तत्काल जारीको माग गर्दै आन्दोलीत भए कर्मचारी

निजामती सेवा ऐन तत्काल जारीको माग गर्दै आन्दोलीत भए कर्मचारी

मंगलवार, चैत्र १९ २०८११०:४७
मंगलवार, चैत्र १९ २०८११०:४७
  • images

    काठमाडौँ । सरकारले संसद्को चालु हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेसँगै निजामती कर्मचारीहरु आन्दोलीत बनेका छन् । हिउँदे अधिवेशनमा नै पास हुनेगरी सरकारले संघीय निजामती सेवा ऐन ल्याउने तयारी गरेको थियो । तर, सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यको घोषणा गरेसँगै उक्त ऐन तत्काल लागू गर्नुपर्ने मागसहित निजामती कर्मचारीहरू आन्दोलीत बनेका हुन् । 

    उनीहरुले मंगलबार बिहान आन्दोलन स्वरुप संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि धर्ना दिएका छन्।

    ट्रेड युनियन अधिकारको सुनिश्चितता गर्दै ऐन यथाशीघ्र ल्याउन दबाब दिने उद्देश्यले नेपाल निजामती कर्मचारी युनियनको नेतृत्वमा धर्ना सुरु गरिएको नेपाल निजामती कर्मचारी युनियनका वरिष्ठ उपाध्यक्ष उत्तम कटुवालले जानकारी दिए।

    सरकारले संसद्को चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेसँगै कर्मचारीहरूले आफ्नो माग पूरा गराउन दबाबस्वरूप मन्त्रालयअगाडि धर्ना दिएका हुन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend