२०८३, आश्विन २१ गते

images
  • समाचार
  • सुरेशको परिवारलाई ५ लाख र सविनको...

सुरेशको परिवारलाई ५ लाख र सविनको परिवारलाई ३ लाख दिने मीनबहादुरको घोषणा

सुरेशको परिवारलाई ५ लाख र सविनको परिवारलाई ३ लाख दिने मीनबहादुरको घोषणा

बुधवार, चैत्र २० २०८१११:४७
बुधवार, चैत्र २० २०८१११:४७
  • images

    काठमाडौँ । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले राजावादी आन्दोलमा परेर मृत्यु भएका मृृतकका परिवारलाई आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् । 

    यही चैत १५ गते तीनकुनेमा भएको राजावादी मोर्चाको आन्दोलनका क्रममा मृत्यु भएका सुरेश रजतको परिवारलाई ५ लाख रुपैयाँ र सविन महर्जनको परिवारलाई ३ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन् । 

    बुधबार बिहान साहसिक काम गर्ने सुरक्षा गार्डलाई सम्मान कार्यक्रममा उनले सो घोषणा गरेका हुन् । 

    राजावादी आन्दोलनका क्रममा भाटभटेनी लुटपाट रोक्न बहादुरी गरेको भन्दै गुरुङ दम्पत्तिले सुरक्षागार्ड दुलप्रसाद पराजुली लगायत ५ जनालाई नगद सम्मान गरे ।

    त्यस्तै, अन्य तीन सुरक्षा गार्ड सूर्य गिरी, दीपेश खड्का, सोमबहादुर भुजेललाई २५ हजार १ रुपैयाँ र एक ग्रेड बढुवा गरिएको छ । यस्तै ग्रोसरी सिनियर सुपरभाइजर सागर गुरुङलाई ५१ हजार १११ को चेक र दुई ग्रेड बढुवा प्राप्त गरेका छन् ।

    सुपरमार्केटमा तोडफोड तथा लुटपाट गरिरहेको समयमा कर्तव्य निर्वाह गर्दै अग्रपंंक्तिमा खटिएका कर्मचारी तथा व्यापारलाई निरन्तरता दिन भन्दै सुपरमार्केटले सम्मान कार्यक्रम राखिएको थियो । यसमा अन्य गार्डहरूलाई पनि नगदसहित सम्मान गरिएको थियो ।

    लुटपाटको क्रममा पराजुलीले लुटपाटमा संलग्नमाथि गरेको कारबाही सामाजिक सञ्जालमा भाइरल बनेको थियो । दर्जनौँ संख्यामा रहेका आन्दोलनकारीलाई उनले लिस्टीले कुट्दै भगाएका थिए ।

    उक्त घटनामा भाटभटेनीमा करिब ८० लाख रुपैयाँ बराबरको क्षति भएको कम्पनीले जनाएको छ । त्यसमध्ये ६४ लाख ८८ हजार बराबरको सामान लुटिएको बताइएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend