२०८३, आश्विन २२ गते

images

सुरेश रजकको पोस्टमार्टम रिपोर्टः गोली नलागेको, जलेरै मृत्यु भएको पुष्टि

सुरेश रजकको पोस्टमार्टम रिपोर्टः गोली नलागेको, जलेरै मृत्यु भएको पुष्टि

बुधवार, चैत्र २० २०८१०४:२८
बुधवार, चैत्र २० २०८१०४:२८
  • images

    काठमाडौँ । गत शुक्रबार राजावादीको तीनकुेन प्रदर्शनका क्रममा मारिएका पत्रकार सुरेश रजकको बुधबार पोस्टमार्टम गरिएको छ । 

    त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पोस्टमार्टम भएको हो । उनको पोस्टमार्टन नहुँदै उनलाई गोली लागेको भ्रामक हल्ला फैलिएपछि पोस्टमार्टम गर्नुअघि एक्स रे गरिएको थियो ।

    एक्स रे गर्दा उनको शरिरमा गोली नलागेको पुष्टि भएको हो । त्यसपछि चिकित्सकहरूले पोस्टमार्टम गरेका थिए । उनको जलेरै मृत्यु भएको पोस्टमार्टम रिपोर्ट आएको छ । साथै उनलाई मारेर जलाइएको भन्ने हल्ला पनि भ्रामक रहेको पुष्टि भएको छ । 

    राजावादीले आगो लगाएका तीनकुनेस्थित भवनमा रजकको जलेर मृत्यु भएको अवस्थामा शव फेला परेको थियो । त्यस प्रदर्शनका क्रममा कीर्तिपुरमा सविन महर्जनको पनि मृत्यु भएको थियो । उनलाई भने गोली लागेको पुष्टि भएको थियो । महर्जनका परिवारले उनको शव बुझिसकेका छन् । अब रजकका परिवारले पनि शब बुझ्नेछन् । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend